काठमाडौं, १७ बैशाख । भारतीय स्टेट बैंकको महाप्रबन्धकमा नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे लाई बढुवा गरिएको छ ।
त्यस्तै, बैंकले नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई उप महाप्रबन्धकमा बढुवा गरेको छ ।