काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती अधिवेशन गर्ने प्रदेशसभाको निर्णयप्रति असन्तुष्ट देखिएका छन् । उनले यो विषयमा प्रदेशप्रमुख धर्मनाथ यादवसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिईसकेको र नयाँ सरकार नबनेको अवस्थामा कसरी अधिवेशन अन्त्य गर्न मिल्छ ? भन्दै सभामुख प्रदेश प्रमुखलाई भेट्न गएका हुन् ।
आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यतालिका थियो । अविश्वासको प्रस्ताव छल्नको लागि पोखरेलले राजीनामा दिएको भन्ने पनि चर्चा चलेको छ । जसपाका चार सांसद पदमुक्त भएपछि लुम्बिनीमा एमालेको एकल बुहमत पुगेको छ । सोहीअनुसार पोखरेलले एमालेको एकल बहुमतको सरकार बनाउनको लागि राजीनामा दिएका हुन् । file photo/reportersnepal.com