Logo

‘रेमडेसिभिएर’ औषधीको अभाव नहुने विभागको भनाई, यही हप्ता ७ हजार भाइल आउँदै



काठमाडौं, २० बैशाख । कोभिड–१९ संक्रमितलाई उपचारमा प्रयोग गरिँदै आएको औषधी ‘रेमडेसिभिएर’ ७ हजार भाइल बंगलादेशबाट यही हप्ता काठमाडौं आईपुग्ने भएको छ । काठमाडौंमा पछिल्लो समय यो औषधीको अभाव देखाउँदै कालोबजारी भएका समाचार आएका थिए । सरकारले यसरबोमा अनुशन्धानसमेत गरिरहेको छ ।

बंगलादेशबाट ८५ हजार भाइल ‘रेमडेसिभिएर’ ल्याउने भनिएअनुसार नै ७ हजार भाईल यही हप्ता ल्याईने भएको हो । र, अर्को हप्ता अर्को पाँच हजार भाइल आइपुग्ने जनाईएको छ । औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले ‘रेमडेसिभिएर’ औषधीको कुनै अभाव नहुने स्पष्ट पारे । उनले भने,‘यो हप्ताबाट आउन सुरु हुन्छ । अभाव हुँदैन् ।’

 

उनले पछिल्लो फेजमा ‘रेमडेसिभिएर’ औषधीमा कालोबजारी भएको कुरा आएको भन्दै यसमा विभागको गम्भीर ध्यााकार्षण भएको बताए । ‘यसमा छानबिन भएर तुरुन्तै कारबाही अघि बढाउने तयारी छ ।’–उनले भने ।



प्रतिक्रिया दिनुहोस्