काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे आकस्मिक मन्त्रिपरिषद्को बैठक डाकेका छन् । सरकारका तर्फबाट कुनै महत्वपूर्ण कदमका लागि मार्ग प्रशस्त गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएकोतर्फ चासो बढेको छ ।
ओली सरकारले आफ्नो पल्लाभारी बनाउन धमाधम अध्यादेशहरु ल्याइरहेको छ । फेरि नयाँ अध्यादेश ल्याउन सक्नेतर्फ चासो बढेको हो ।
यसअघि सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याइसकेको छ । यो अध्यादेशलाई टेकेर संवैधानिक निकायहरुमा नियुक्तिको तयारी भइसकेको छ । भोलि नियुक्तिकै लागि संवैधानिक परिषदको बैठक बोलाइएको छ ।-फाइल तस्बिर