काठमाडौं, २६ बैशाख । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बैशाख २६ (आज) बोलाएको साधारण सभा स्थगित गरेको छ । कोरोना महामारीको कारण अर्को सुचना नआएसम्मका लागि सभा स्थगित गरेको हो ।
कम्पनीको सभा ललितपरको हात्तिसारमा बिहान ११ बजे बस्ने निर्णय गरेको थियो । सभा प्रयोजनार्थ बैशाख १० गतेदेखि बुक क्लोज गरेको हुनाले ९ गते सम्म कायम भएका शेयरधनीहरुले मात्र सभामा सहभागी हुन पाउने छन् ।