Logo

कार्यदल गठनको तयारीमा एमाले : ओली-नेपाल १ बजे भेट्दै, नेपालले बोलाए आफ्नै निवासमा



काठमाडौं, २ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज १ बजे भेटवार्ता हुने भएको छ । नेता नेपालनिकट नेता तथा सांसद सोमप्रसाद पाण्डेले दिएको जानकारीअनुसार आजको भेटवार्तामा कार्यदलका सदस्यहरुको नाम टुँगो लाग्नेछ ।

उनले नेता नेपालले भेटको लागि ओलीलाई आफ्नै निवास कोटेश्वरमा बोलाएका छन् । तर, भेटवार्ताको स्थान भने तय भैसकेको छैन् । नेता नेपालले आफ्नो तर्फबाट कार्यदलमा बस्ने नेताहरुको नाम भने ओलीलाई बुझाईसकेका छन् । पाण्डेले दिएको जानकारीअनुसार नेपाल पक्षको तर्फबाट कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्तको नाम सिफारिश गरिएको छ ।

पछिल्लो समय एमालेको विवाद समाधानतर्फउन्मुख छ । बैशाख ३० गते ओली र नेपालबीच व्यवसायी रामेश्वर थापाको निवासमा चार घण्टा लामो वार्ता भएको थियो । त्यही वार्ता नै एमाले विववाद समाधानको लागि कोशेढुंगा सावित भएको छ । सहमतिको लागि नेपाल पक्षले २०७५ जेठ २ गते फर्कनुपर्ने र फागुन २८ गते र त्यसपछिका निर्णय खारेजीलाई प्रमुख शर्त बनाएको छ । तर, अध्यक्ष ओली र उनको पक्ष भने पछि फर्कन नसकिने निश्कर्ष र अडानमा छ ।  File Photo/Source:-Surya Thapa/Twitter



प्रतिक्रिया दिनुहोस्