Logo

रुसमा भ्याक्सिन पर्यटन, ट्राभल एजेन्सीले ल्यायो भ्याक्सिन लगाउने गरी २४ दिन रुस यात्रा प्याकेजको २ लाख



एजेन्सी, ५ जेठ । रुसमा भ्याक्सिन पर्यटनको आकर्षण बढेको छ । कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन स्पुतनिक भी लगाउनका लागि रुसमै जान चाहनेहरुका लागि मस्को गन्तव्य बनेको छ ।

२१ दिनको अन्तरालमा दुई डोज भ्याक्सिन लगाउनुपर्ने भएकाले ट्राभल एजेन्सीहरुले आउने जाने समय मिलाएर २४ दिनको प्याकेज राखेका छन् । रुस पुग्नेवित्तिकै भ्याक्सिन लगाउने र फर्कने बेलामा दोस्रो डोज लगाउने गरी प्याकेज राखिएको हो ।

भारतको दिल्लीस्थित एक ट्राभल एजेन्सीले भ्याक्सिन पर्यटनको प्याकेज ल्याएको टाइम्स अफ इन्डियाले लेखेको छ । उक्त एजेन्सीले भारु १.३ लाख अर्थात् नेपाली २ लाख खर्च तोकेर भ्याक्सिन पर्यटन सुरु गरेको हो । उक्त यात्राका क्रममा भ्याक्सिन लगाउन पाउने सुनिश्चित गरिएको छ ।

भारतमा भ्याक्सिनको अत्याधिक माग गरेको छ । तर, भ्याक्सिन निमार्ता सेरमले माग अनुसार उत्पादन गर्न सकिरहेको छैन ।



प्रतिक्रिया दिनुहोस्