काठमाडौं, ५ जेठ । एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवैमा वृद्वि भएको छ । एक महिनाको तुलनामा ११ अर्ब निक्षेप संकलन र ३८ अर्ब रुपैयाँ कर्जा लगानीमा वृद्वि भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
चैत्र महिनासम्मको तुलनामा ११ अर्बले बढाएर बैशाख महिनामा ३९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो । यसैगरी, बैशाख ३१ गतेसम्म ३६ खर्ब ११ करोड रुपैयाँ बैंकहरुले कर्जा लगानी गरेका छन् ।
संघको अनुसार एक महिना अगाडी ३५ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको हो । बैशाख २४ गते सम्ममा बैंकहरुले ३९ खर्ब ३३ अर्ब रुपैयाँ सकलन गरेर ३६ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको संघले जनाएको छ ।