काठमाडौं, ६ जेठ । सरकारले संसदको अधिवेशन बोलाउने भएको छ । त्यसको लागि आज बस्ने मन्त्रिपरिषद बैठकले राष्टपतिसमक्ष सिफारिश गर्ने तयारी भएको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो पौने ३ बजे बस्ने मन्त्रिपरिषद बैठकले बजेट ल्याउनको लागि संसद अधिवेशन बोलाउने बुझिएको छ ।
मन्त्रिपरिषद बैठक बस्नुअघि एमालेको स्थायी कमिटी बैठक बस्ने भएको हो । स्थायी कमिटी बैठक दिउँसो २ बजे बालुवाटारमै बस्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट ल्याउनुभन्दा अघि नै संसदमा विश्वासको मत पनि लिने तयारी गरेका छन् । यसबारेमा उनले मन्त्रिपरिषद बैठकमा पहिले नै जानकारी गराईसकेका छन् । File Photo/ReportersNepal