काठमाडौं, ६ जेठ । महुली लघुवित्तले शेयरधनी श्रीप्रसाद चौधरीलाई संचालकमा नियुक्त गरेको छ । संस्थाको हिजो बसेको संचालक समितिको बैठकले साधारण सभा नहुन्जेलसम्मको लागि संचालकमा संस्थापक शेयरधनी चौधरीलाई नियुक्त गरेको हो ।
संस्थापक शेयरधनी रोशन कुमार मंडरले राजिनामा दिएपछि रिक्त रहेको सो पदमा चौधरी नियुक्त भएका हुन् ।