Logo

यी हुन् सर्वोच्चको आदेशले पदमुक्त भएका ७ मन्त्री (सुचीसहित)



काठमाडौं, ६ जेठ । दश वर्ष लामो जनयुद्धमा सक्रिय भएका ७ जना नेताहरुले पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर केपी शर्मा ओलीको साथमा जाँदा मन्त्री बन्नकै लागि गरेको आरोप लागेको थियो । माओवादी जनयुद्ध देखि विभिन्न समयका संघर्षमा उनीहरुले महत्वपूर्ण भूमिका खेलेकाले प्रचण्डको साथ छाडिहाल्लान् भन्ने विश्वास कमैलाई थियो । स्वयं प्रचण्डले पनि त्यो कल्पना नगरेको सार्वजनिक रुपमा बताइसकेका छन् ।

ओलीलाई साथ दिएर मन्त्री पद जोगिएका, मन्त्री बनेका ७ जनाको सर्वोच्च अदालतको आदेशले पद स्वतः गएको छ । उनीहरुको दोस्रोपटक मन्त्री पदमा नियुक्तिलाई बदर गरेपछि स्वतः पदमुक्त भएका हुन् ।

पदमुक्त हुनेहरुमध्ये टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित सांसद थिए । बादल राष्ट्रिय सभाका निर्वाचित सांसद थिए । दल त्याग गरेपछि उनीहरुको पद माओवादी केन्द्रले सांसद पदबाट हटाउन पत्र लेखेपछि स्वतः पद गएको थियो । मणि थापा र दावा लामा भने सांसद थिएनन् ।

माओवादी पृष्ठभूमिका ७ नेताहरुले अहिले एमालेको संगठनमा महत्वपूर्ण जिम्मेवारी पाएका छन् । तर, उनीहरुको मन्त्री पद भने गएको छ । यसले राजनीतिमा निर्क अर्थ राख्ने देखिएको छ ।

सर्वोच्चको आदेशबाट पदमुक्त भएकाहरु
रामबहादुर थापा बादल, गृह
टोपबहादुर रायमाझी, ऊर्जा
लेखराज भट्ट, पूर्व उद्दोग
प्रभु साह, पूर्व सहरी विकास
गौरीशंकर चौधरी, श्रम
मणि थापा, खानेपानी
दावा लामा, खेलकुद



प्रतिक्रिया दिनुहोस्