काठमाडौं, ८ जेठ । नेपाल पत्रकार संघले प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन अपिल गरेको छ ।
प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न महासंघले विज्ञप्ति जारी गरेर सबैमा अपिल गरेको हो ।
संसदबाट विश्वासको मत लिने वा राजीनामा दिएर पद रिक्त गर्ने प्रक्रियालाई निरन्तरता दिँदै संवैधानिक तथा संसदको सर्वोच्चतालाई जोगाइराख्न महासंघले राष्ट्रपति समक्ष आग्रह गरेको छ ।
महासंघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘ यस्तो प्रवृत्तिले संविधानको कार्यान्वयन प्रक्रियामा बाधामात्र पु¥याउँदैन, समग्रमा लोकतन्त्रलाई नै कमजोर बनाउँछ । यस्तो प्रवृत्तिको अन्त्य गरी संविधानवादको रक्षा गर्नु यतिबेला अपरिहार्य आवश्यकता बन्न पुगेको छ ।’
संविधानसभामार्फत् संविधान निर्माणका लागि नेपालले लामो मूल्य चुकाएको भन्दै महासंघले नेपाली पत्रकारिता क्षेत्रलेसमेत यो मुद्दालाई उठान गर्न, जीवितराख्न र कार्यान्वयन गर्दै संविधान निर्माण गर्नका लागि अविष्मरणीय योगदान पु¥याएको र यो संविधानप्रति अपनत्वभाव महसुसगर्दै संविधानको सही कार्यान्वयनका लागि निगरानी राख्नु पत्रकारिता क्षेत्रको दायित्व भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।