सिञ्जा, ८ जेठ: कर्णाली प्रदेशका पूर्वकानूनमन्त्री नरेश भण्डारीले नाग्मा सिमानामा रहेको ‘हेल्थ डेक्स’को अनुगमन गरेका छन्। कर्णाली प्रदेश हुँदै गृह जिल्ला पुगेका उनले आज बिहान अनुुगमन गरेका हुन् । तलतिरबाट आउने प्रवेशद्वारमा स्थापना गरेको हेल्थ डेक्सको जानकारी लिन अनुगमन गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।
प्रवेशद्वारमा हेल्थ डेक्स स्थापना हुनु राम्रो कार्य भएको मन्त्री भण्डारीको भनाइ छ । वर्षाका बेला पहिरो जोखिम हुने भएकाले सुरक्षित भएर बस्न स्वास्थ्यकर्मीलाई उनले आग्ह गरे । सिमानामा पनि कडाइ गर्न जरुरी देखिएको उनको भनाइ छ । सिमानाको उच्च निगरानीका लागि हेल्थ डेस्कले महत्वपूर्ण काम गर्ने बताइएको छ ।
सिमानमा प्रवेश गर्ने बित्तिकै कडा रुपमा निगरानी गर्नुपर्ने उनले बताए । कोरोना सङ्क्रमणदर बढेको रहेको जनाउँदै जुम्ला कालीकोटको सिमाना नाग्मबजारमा हेल्थ डेस्क स्थापना गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्ला बाहिरबाट यहाँ प्रवेश गर्नेको जाँचका लागि हेल्थ डेस्क स्थापना हो ।-रासस/File Photo