Logo

नेप्सेमा आज १३ अर्बको कारोबार हुँदा यी कम्पनीको शेयरमुल्यमा सर्वाधिक बृद्वि



काठमाडौं, १० जेठ । आज शेयर बजारमा परिसुचक २८ सय २३ दशमलव ६ विन्दुमा पुग्दा सवा १३ अर्ब भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा बढी बरुण हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९५ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य प्रतिकित्ता ४० रुपैयाँको दरले बढेर ४४२ रुपैयाँ अन्तिम मुल्य कायम भएको हो । त्यस्तै, युनाईटेड इदी मर्दी हाइड्रोपावरको पनि आज ९.८९ प्रतिशतले शेयरमुल्य बुद्वि भएको हो । कम्पनीको ४६ रुपैयाँको दरले प्रतिकित्ता शेयरमुल्य त्रढेर ५११ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा माउन्टेन हाइड्रो नेपाल लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक, अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्