Logo

नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट (विवरणसहित)



काठमाडौं, १० जेठ । नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज वरिष्ठ अधिवक्ताहरु वोर्णबहादुर कार्की र बालकृष्ण न्यौपाने समेतले अध्यादेशविरुद्ध रिट दायर गरेका हुन् ।

रिटमा अध्यादेश संविधानसँग बाझिएको जिकिर गर्दै मुलुकको सार्वभौमसत्तामा समेत प्रतिकूल असर पर्ने भएकाले बदर गर्न भनिएको छ ।

अध्यादेशलाई प्रारम्भ देखि नै उत्प्रेषणको आदेशद्वारा असामान्य र बदर घोषित गर्न भनिएको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म कार्यान्वन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गर्न भनिएको छ ।

रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा निरन्तर रहने उद्देश्यले अनुचित कार्य गर्दै आएको तर्क गर्दै राजनीतिक सौदावाजी अनुसार अध्यादेश ल्याएको उल्लेख छ । अध्यादेश दुरासायपूर्ण रहेको र अनुचित राजनीतिक स्वार्थका लागि ल्याइएको रिटमा भनिएको छ ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । अध्यादेशमा नागरिकतासम्बन्धी व्यवस्था खुकुलो पारिएको छ ।



प्रतिक्रिया दिनुहोस्