Logo

रिलायबल नेपाल लाइफको साधारण सभा असार ४ गते



काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको आईपीओ निष्कासनको प्रस्ताव सहित असार ४ गते तेस्रो वार्षिक साधारण सभा हुने भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वरबाट भर्चुअल माध्यमबाट हुने भएको हो ।

कम्पनीको सभाले आईपीओ निष्कासनको प्रस्ताव सहित अघिल्लो आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्ने जनाइएको छ । यसको साथै सभाले गत आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने भएको छ ।

हाल चुक्तापूँजी १ अर्ब ४० करोड रहेको कम्पनीको सभाले सञ्चालक नियुक्तीको विषयमा पनि छलफल गर्ने भएको छ । २ अर्ब चुक्तापूँजीको लागि कम्पनीले थप रकम बराबरको आईपीओ विक्री गर्ने कम्पनीको योजना रहेको छ।



प्रतिक्रिया दिनुहोस्