Logo

‘कालापानीका जनताले चुनावमा भोट हाल्न पाउँछन् ?’ भनी सोध्दा प्रधानमन्त्री ओलीबाट यस्तो जवाफ



काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार विदेशी मिडियाका नेपालस्थित प्रतिनिधिहरुसँग अन्र्तक्रिया गरे । उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना भाइरसको अवस्थाबारे स्पष्ट पार्न खोजे ।

ओलीले चुनाव घोषणाको बचाऊ गरे । उनले मिडियामा पूर्वाग्रही खबर आइरहेको विषय पनि उल्लेख गरे ।

चिनियाँ मिडियाका एकजना पत्रकारले प्रधानमन्त्री ओलीलाई कालापानी, लिम्पियाधुरा र लिपुलेकका जनताले आगामी निर्वाचनमा मतदान गर्न पाउँछन् कि पाउँदैनन् ? भनी सोधे । ओलीले बारम्बार त्यो प्रश्नलाई पन्छाउन खोजे । दुईपटक प्रश्नबाट उम्कन खोजेपनि पत्रकारले दोहोर्याएर सोधे ।

ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्शा जारी गरिसकिएको विषय राखे । तर, ५८ वर्षदेखि उक्त क्षेत्र भारतले नियन्त्रणमा राखिरहेको भन्दै जबसम्म भारतले छाड्दैन तबसम्म त्यहाँ नेपालका तर्फबाट मतदान सम्भव नभएको जवाफ दिए । उनले यो विषयलाई अतिरञ्जिन नबनाउन समेत आग्रह गरे ।

पत्रकार सम्मेलनमा ओलीले कालापानीको समस्या कुटनीतिक माध्यमले समाधान गर्न लागिरहेको समेत बताए । उनले उक्त भूमि नेपालकै रहेकोमा प्रष्ट रहेको समेत बताए ।

ओलीले भारतले १० लाख खोप अनुदानमा दिएको स्मरणमा रहेको भन्दै १० लाख खरिदको खोपको डोज ल्याउन पहल भइरहेको बताए । उनले सगरमाथा संवादको पनि कुरा गरेका थिए ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्