Logo

अघिल्लो इजलाशमा नतोकिएका तीन न्यायाधीश संवैधानिक इजलाशमा



काठमाडौं, १४ जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध फैसला गरेको अघिल्लो संवैधानिक इजलाशमा नरहेका तीन न्यायाधीश यसपटक तोकिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ५ पौषमा प्रतिनिधि सभा विघटन गराउने कदमविरुद्ध फैसला गदा रहेका न्यायाधीशमध्ये प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराका अलावा न्यायाधीश तेजबहादुर केसी मात्र यसपटक इजलाशमा रहेका छन् ।

अघिल्लो इजलाशमा तोकिएका विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र सपना मल्ल प्रधान पनि तोकिएनन् । हरिकृष्ण कार्की तोकिएकोमा पछि विवाद परेपछि तजबिजमै छाडे । त्यसपछि मल्ललाई तोकियो ।

यसपटक प्रधानन्यायधीशले संवैधानिक इजालशमा तोक्दा वरिष्ठताका आधारमा दिपककुमार कार्कीलाई तोके । कार्की वरियतामा प्रधानन्यायधीश जबरापछि हुन् । आनन्दमोहन भट्टराई तेजबहादुर केसी र बमकुमार श्रेष्ठ यसअघिको इजलाशमा थिएनन् ।



प्रतिक्रिया दिनुहोस्