चितवन, १४ जेठ । निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने तथा टिपरहरुमा क्षति पुर्याउनेलाई प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने, दमकल समेतमा अवरोध पुर्याउने तथा निर्माण सामग्री ढुवानी गर्दै गरेका १५ वटा टिपरमा क्षति पुर्याएको अभियोगमा २ जना भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वरबाट बुधबार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–१६ बस्ने ३१ वर्षीय बिनोद गुरुङ र सोहीठाउँ बस्ने २८ वर्षीय शसी कुवंर रहेका छन् । उक्त स्थानमा निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने, टिपरलाई अवरोध गरी क्षति पुर्याउनुका साथै हातमा ढुङ्गामुढा बोकी अत्यावश्क सवारी साधन, दमकल समेतलाई अबरोध पुर्याएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीहरुमाथि म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।