काठमाडौं, जेठ १५ । चालू वर्षमा आर्थिक वृद्धिदरबाहेक अर्थतन्त्रका अन्य सूचक सकारात्मक रहे पनि संशोधित लक्ष्य भेटाउन चुनौतीपूर्ण देखिएको छ । अर्थमन्त्री विष्णुु पौडेलले शुक्रबार जारी गरेकोे आर्थिक सर्वेक्षण २०७७(७८ अनुसार कोभिड दोस्रो लहरका कारण अर्थतन्त्रमा प्रभाव पर्दा संशोधित आर्थिक वृद्धिसमेत हासिल हुन सक्ने अवस्था देखिएन ।
अर्थमन्त्री पौडेलले महामारीबाट उत्पन्न आर्थिक संकटका बाबजुत नेपालको मुद्रास्फीति सञ्चिति सीमाभित्र रहेको, शोधानान्तर स्थिति तथा विदेशी विनिमय सञ्चिति सुविधाजनक रहेको, वित्तीय क्षेत्र सबल र जुन निर्माण प्रगति र मानव विकास क्षेत्र विस्तारका कारण आगामी दिन आर्थिक स्थिति सबल हुँदै अर्थतन्त्रमा ‘भी’ आकारको आर्थिक वृद्धि हुने अनुमान रहेको उल्लेख गरे ।
सरकारले चालू वर्ष २०७७(७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने संशोधित अनुमान गरेको थियो । गत वर्ष जारी बजेटमा आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशत प्रक्षेपण गरिएको थियो ।
आव २०७६(७७ मा नेपालको आर्थिक वृद्धिदर २।१२ प्रतिशतले ऋणात्मक रहेको अवस्थामा सरकारले महत्वाकांक्षी रूपमा आर्थिक वृद्धि हुने जिकिर गरे पनि संशोधित लक्ष्यसमेत भेटाउन मुस्किल छ ।राजधानी दैनिकबाट