काठमाडौं, १५ जेठ । सरकराले आगामी साउन १ गतेदेखि लागु हुनेगरि साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाइने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत यस्तो बताएका हुन् ।
त्यस्तै, अर्थमन्त्री पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिईने घोषणा गरेका छन् । त्यसको ब्याजदर अधिकतम ५ प्रतिशत तोकिएको छ । र, ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइनेपनि उनले स्पष्ट पारेका छन् । आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् उनले यस्तो बताएका हुन् ।