काठमाडौं, १५ जेठ । सरकारले सरकारी कर्मचारीको तलब मासिक दुई हजारले बृद्धि गरेको छ । बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारी कर्मचारीको तलब मासिक दुई हजारले बढेको घोषणा गरेका छन् । त्यस्तै, आगामी दुई वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराइनेपनि घोषणा गरिएको छ ।