Logo

कोरोना संक्रमितमा कालो ढुसी



काठमाडौं, जेठ २०। तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ रु सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ।

यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ। केही समयदेखि भारतका विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि नेपालमा पनि देखिएको छ। कोरोना संक्रमित या संक्रमण भइसकेका व्यक्तिमा देखिने कालो ढुसीका कारण कतिपयको आँखाको दृष्टिसमेत गुमेको चिकित्सकले औंल्याएका छन्।

के हो कालोढुसी ?

फलफूल तथा तरकारी कुहेको फोहोर र प्रदूषित वातावरणमा कालो ढुसी पाइन्छ। यो ढुसी छोएको हात सफा नगरी नाकमा छोएमा सोही माध्यमबाट शरीरका अन्य भागमा पुग्छ। चिकित्सकका अनुसार सुरुमा नाक, त्यसपछि नाकको हड्डी छेडेर आँखा या आँखाबाट बे्रन (मस्तिष्क) मा समेत कालो ढुसीको संक्रमण हुन्छ।

अहिले यो कालो ढुसी भारतका महाराष्ट्र, दिल्ली तथा अन्य प्रान्तमा फैलिसकेको छ। नेपालमा पनि यो रोग देखिएको छ। कालो ढुसी मुख, नाक, फोक्सो, आँखा र मस्तिष्कमा पुगेपछि मानिसको मृत्युसमेत हुने तिलगंगा आँखा अस्पतालका अकुलोप्लास्टिक सर्जन डा बेन लिम्बु बताउँछन्।

कालो ढुसी मानिसको नाकमा प्रवेश गरेको ७ देखि १४ दिनभित्रमा त्यसले पूरै हानि पुर्‍याइसकेको हुन्छ। कालो ढुसी मस्तिष्कमा पुगेका व्यक्तिमध्येमा १० प्रतिशतको मृत्यु हुन्छ। कोरोना संंक्रमणका कारण प्रतिरोधात्मक क्षमता कमजोर भएका, मधुमेह तथा मिर्गौला रोगी भई कोरोना संक्रमित भएका व्यक्तिहरूमा कालो ढुसी बढी देखापरेको छ। प्रतिरक्षा क्षमता कमजोर भएका व्यक्तिहरूमा लाग्ने भएकाले कालो ढुसीलाई अवसरवादी संक्रमण पनि भनिन्छ।

कालो ढुसी छोएका हात राम्रोसँग सफा नगरी नाक, मुखमा पुर्‍याए त्यहाँबाट यसको संक्रमण शरीरका विभिन्न भागमा फैलिने डा। लिम्बु बताउँछन्। त्यसैगरी कोरोना संक्रमितले अक्सिजन लिने क्रममा अक्सिजनमा जडान भएको पानीको भाँडो बेला–बेलामा सफा नगर्दा पनि कालो ढुसी संक्रमण हुनसक्ने उनले बतााए।

वीर अस्पतालमा दुई साताअघि कोरोना संक्रमण भएर भर्ना भएका ३१ वर्षीय एक पुरुषमा कालो ढुुसी देखिएपछि एउटा आँखाको दृष्टि गुमेको छ। कोरोना उपचार क्रममा चिकित्सकले ती व्यक्तिमा कालो ढुसीको संक्रमण पत्ता लगाएका थिए।

ती व्यक्तिको सोमबार नाकको शल्यक्रिया गरी नाक र आँखाको ढुसी निकालेको वीर अस्पताल नाक, कान तथा घाँटी जिभागका सर्जन त्रिदेव पन्थले बताए। उपचारका क्रममा आँखामा कमजोरी देखिएपछि ढुसी पहिचान भएको थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्