काठमाडौं, २१ जेठ । नेकपा (एमाले) को माधव नेपाल समूहका केन्द्रीय सदस्यहरूको बैठक सुरु भएको दोश्रो दिनको छलफल सुरू भएको छ। हिजोदेखि सुरु भएको बैठक आजपनि जारी छ । बैठकमा बोल्ने अधिकांश नेताहरुले अब अध्यक्ष केपी शर्मा ओलीको झुठो आश्वासनमा पर्न नहुने धारणा राखेका थिए । उनीहरुले ओलीले एकताको नाममा आफूहरुलाई अलमलाउने मात्रै काम गरेको भनाई राखेका थिए ।
नेता नेपाललाई अधिकांश केन्द्रीय सदस्यहरुले नयाँ पार्टी गठन गरेर अघि बढ्न दबाब दिएका छन् । तर, केही नेताहरुले अझै पनि एमालेमै संघर्ष गर्नुपर्ने धारणा राखेका छन् । नेता नेपालले ओलीले संसद् विघटन गलत हो भनेर आत्मआलोचना गर्नुपर्ने र पार्टीलाई २०७५ जेठ २ गते फर्काउनुपर्ने शर्त राखेका छन् । File Photo/ReportersNepal