स्वामी विवेकानन्द : ज्ञान मानिसमा अन्तर्निहित हुन्छ । कुनै पनि ज्ञान बाहिरबाट आउँदैन । कुनै व्यक्तिले केही कुरा जान्दछ भन्नु मनोविज्ञानको भाषामा उसले के फेला पार्दछ वा के खोज्छ भन्नु हो । मानिसले के सिक्छ भन्नु उसले आफ्नो आत्मालाई उधारेर के फेला पार्छ भन्नु हो । आत्मा असीमित ज्ञानको भण्डार हो । न्यूटनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाए भन्नुको अर्थ जमिनको कुनै कुनामा बसिरहेको वस्तु भेट्टाएको भने होइन । त्यो उनको मस्तिष्कमा नै रहेको थियो । समयक्रममा त्यो बाहिर आयो । संसारमा व्याप्त सबै ज्ञानहरू दिमागकै उपज हुन् । ब्रह्माण्डको असीमित पुस्तकालय हरेक व्यक्तिको दिमागमै हुन्छ । त्यसैले म भन्छु, मानिसमा अन्तर्निहित गुण र प्रतिभालाई प्रस्फुटित गर्नु नै शिक्षा हो ।
बाहिरी संसारले त सल्लाह मान्न दिन सक्छ । त्यसले तपाईंलाई आफ्नै मस्तिष्कको अध्ययन गर्न ल गाउँछ । खसेको स्याउले न्यूटनलाई सङ्केत गरयो । त्यसपछि उनले आफ्नै मस्तिष्कको अध्ययन गरे । मस्तिष्कमा रहेका पुराना विचार का शृङ्खलाहरूलाई पुनः संयोजन गरे र नयाँ कडी फेला पारे जसलाई उनले गुरुत्वाकर्षणको सिद्धान्त भने । यो कुरा स्याउमा फेला परेको होइन न त पृथ्वीको केन्द्रमा नै पाइएको हो । यो ज्ञान उनकै दिमागबाट सृष्टि भयो ।
त्यसैले, सांसारिक तथा आध्यात्मिक दुवै ज्ञान मानिसको मस्तिष्कमै रहेका हुन्छन् । हो, धेरै कुरा हरू प्रस्ट रूपमा फेला परेका हुँदैनन् । बरु तिनीहरू छोपिएर रहेका हुन्छन् । जब यो आवरण बिस्तारै हट्दै जान्छ (जसलाई हामी सिकाइ भन्छौँ) ज्ञानको विस्तार र वृद्धि हुँदै जान्छ । जुन मानिसमा यस्तो आवरण हटिसकेको हुन्छ, उसलाई हामी ज्ञानी मान्दछौँ । जुन व्यक्तिबाट यो घुम्टो हटेको हुँदैन उसलाई अज्ञानी भन्छौँ । जुन व्यक्तिमा यो घुम्टो पूर्ण रूपमा उठिसकेको हुन्छ, ऊ सर्वज्ञ कहलाउँछ । जसरी दर्शनढुङ्गा र चकमक रगड्दा झुलोमा आगो सल्कन्छ त्यसै गरी बाह्य सङ्केतसँग को घर्षणबाट मस्तिष्कमा रहेको ज्ञान बाहिर आउँछ । सबै ज्ञान र क्षमता व्यक्तिभित्रै अन्तरनिहित हुन्छ । सबै ज्ञानको स्रोत आत्मा हो । मानिसले आफूभिन्न रहेको ज्ञानलाई प्रस्फुरणगराउँछ जुन उसमा अनन्त काल देखि नै रहेको हुन्छ ।
वास्तवमा कोही पनि व्यक्ति अरूले सिकाएर सिक्दैन । उसले स्वयम् सिक्नुपर्छ । शिक्षकले सङ्केत मान्न दिन्छ जसले उसको कुनै वस्तुबारे बुझने आन्तरिक चाहनालाई उत्प्रेरित वा जागृतगराइदिन्छ । हामीभिन्न अन्तरनिहित ज्ञानले उक्त वस्तुका बारेमा अरू बढी स्पष्ट पार्दै लैजान्छ जसलाई हामी आफ्नो अन्तरमनमा महसुस गर्द छौँ । हजारौँगज जमिन ढाक्ने वरकोरूखकोगुण तोरीको दानाभन्दा पनि सानो बीजमा रहेको हुन्छ । त्यस्तै विराट् ज्ञान पनि जीवकोषभिन्न रहेको प्रोटोप्लाज्ममागुजुल्टिएर रहेको हुन्छ । यो कुरा असङ्गत लाग्न सक्छ तर वास्तविकता यही हो ।
हामी सबै एउटा कोषबाट विकास भएर आउँछौँ र हामीमा भएको सबै शक्ति त्यही कोषमा रहेको प्रोटोप्लाज्ममा गुजुल्टिएर रहेको हुन्छ । त्यस्तो शक्ति हामीले खाएको खानेकुरा बाट प्रत्यक्षतः प्राप्त हुने होइन । त्यो असीमित शक्ति र क्षमता मानिसको आत्मामा हुन्छ, चाहे उसलाई यसबारे जानकारी होस् वा नहोस् । यसको प्रष्फुरण मानिसको सचेततामा भर पर्दछ । प्रायः जसो मानिसहरूमा यो दैवी आलोक धुमिल भएर बसेको हुन्छ । यो फलामको भाँडाभिन्न राखेको बत्ती जस्तै हो जहाँबाट प्रकाशको किरण बाहिर आउँदैन । पविन्नता र निस्वार्थीपनले गर्दा त्यो बाक्लो धुमिल भाँडो क्रमशः पातलिँदै जान्छ र अन्त्यमा सीसा जस्तै पारदर्शी बन्न पुग्छ ।
बालबालिकालाई शिक्षा दिनु भनेको बिरुवा हुर्काउनु जस्तै हो । बिरुवा आफ्नै प्राकृतिक स्व रूपमा हुर्कन्छ । बालक पनि आफैँ शिक्षित हुन्छ । तर हामी उसलाई अघि बढ्न मद्दत गर्न सक्छौँ । हामी उसका अगाडि का व्यवधानहरू पन्छाउन सक्छौँ । ऊ भिन्नको ज्ञान त स्वाभाविकरूपमै बाहिर आउने हो । माटोलाई खुकुलो पारिदिऊँ जसले गर्दा बिरुवा सजिलैसँग उम्रन सकोस् । अरूले नष्ट पार्न नसकुन् भनी लगाइदिऊँ । बीउ विकसित हुनका लागि आवश्यक पर्ने तŒवहरू माटो, पानी र हावा उपलब्धगराऊँ । तपाईंको काम यत्तिमै सकिन्छ । बिरुवा आफ्नो प्राकृतिक स्वभाव अनुसार आफैँ हुर्कन्छ । बालबालिकाहरूको शिक्षा पनि त्यस्तै किसिमको हुन्छ । बालक आफैँ सिक्छ । यदि शिक्षक आफूले सिकाएको ठान्छ भने, उसले सबै कुरा नष्ट गरेको ठहर्छ । शिक्षकको काम त बालकमा अन्तरनिहित ज्ञानलाई जागृत गराउनेसम्म मान्न हो ।
कुनै शिक्षा प्रणालीले बालबालिकालाई शिक्षित बनाउने लक्ष्य राख्छ भने त्यो त्यस्तो विचार हो जसलेगधालाई धोएरगाई बनाउन खोज्छ । त्यस्तो शिक्षा प्रणाली बन्द नै गरिनुपर्छ । अभिभावकले अनावश्यक रूपमा बालबालिकालाई नियन्त्रण गर्दा उनीहरूको स्वतन्त्र विकास हुन सक्दैन । हरेक व्यक्तिमा असीमित खालका चाहना हुन्छन् जसलाई पूरा हुन दिनुपर्छ । परिवर्तनका लागि भनेर हिंसात्मक उपाय अपनायौँ भने त्यसले व्यक्तिको रूपान्तरणलाई अझ् सुस्त बनाउँछ । कुनै मानिसलाई सिंह बन्न दिइएन भने ऊ फ्याउरो बन्न पुग्छ ।
नकारात्मक विचारले मानिसलाई कमजोर बनाउँछ । त्यसैले शिक्षाले सधैँ सकारात्मक विचार प्रदान गर्नु पर्दछ । अभिभावकले जुन बालबालिकालाई पढ्न, लेख्नका लागि अत्यधिक दबाब दिएका हुन्छन् तिनले केही पनि सिक्न सक्दैनन् । बारम्बार मूर्ख भन्दै जाँदा अन्त्यमा बालबालिकाहरू साँच्चै नै मूर्ख भएका उदाहरणहरू पनि पाइन्छन् । बालबालिकाहरूलाई मायालु पाराले व्यवहार गर्यो र उनीहरूलाई प्रोत्साहित गरियो भने उनीहरूले अवश्य प्रगति गर्न सक्छन् । आत्मनिर्भर बन्छन् । मानिसका गल्तीलाई देखाउनुको साटो त्यसलाई कसरी अझ र राम्रो पार्न सकिन्छ भनी सिकाउनु ुपर्छ ।
हरेक व्यक्तिलाई ऊ जहाँ छ त्यहीँबाट अगाडि बढाउनुपर्छ । तुच्छ भनि सम्झ्एिकाहरू पनि समयको अन्तरालमा परिवर्तित भएका छन् । व्यक्तिको विशेष झुकावलाई नष्ट न गरिकन, उनीहरूलाई प्रोत्साहन दिएर कमजोर व्यक्तिहरूलाई पनि माथि उठाउन सकिन्छ । मानिसको विकास का लागि स्वतन्त्रता पहिलो कुरा हो ।
शिक्षा भनेको दिमागमा सूचना वा जानकारी भर्ने काम मान्न होइन । मस्तिष्कमा भण्डारण गरिएका कोरा जानकारीलाई शिक्षा भन्न मिल्दैन । हामीहरूले जीवन निर्माण, मानव निर्माण, चरिन्न निर्माण जस्ता विचार हरूलाई एकजुट गर्नु पर्छ । कुनै पाँचवटा मात्रै राम्रा विचार लाई आफ्नो जीवन र चरिन्नमा एकाकार पार्न सकियो भने पूरा पुस्तकालयका सबै किताबको बारेमा जात्रे मान्छेभन्दा बढी शिक्षित बनिन्छ । शिक्षा सूचनाहरूको सङ्ग्रह मात्रै हुँदो हो त पुस्तकालय सबैभन्दा ठूलो विद्वान् हुने थियो र ज्ञानकोश (इन्साइक्लोपेडिया) सबैभन्दा ठूलो ऋषि ।
विदेशी भाषामा लेखिएका पुस्तकहरू पढ्दैमा र विश्वविद्यालयबाट उच्च तहको प्रमाणपन्न लिँदैमा शिक्षित भइँदैन । शिक्षा के हो ? शिक्षाको उद्देश्य के हो ? सरकारी जागिरे ? वकिल ? न्यायाधीश ? यसले देशलाई के फाइदा पुर्याउँछ ? मानिसलाई के फाइदा दिन्छ ? शिक्षाले गरिब र असहायहरूका आवश्यकता पूरा गर्न के सहयोग गरेको छ ? भन्ने कुरा ख्याल गर्नु पर्छ । शिक्षाले आम जनसमुदायलाई जिउनका लागि केही सीप वा उपाय दिन सकेन, चरिन्न निर्माणमा बल पुर्याएन, विश्वबन्धुत्वको भावना पैदा गराए न र साहस दिएन भने त्यो शिक्षा, शिक्षा होइन ।
आम मानिसका लागि शिक्षा
आम समुदायमा जति बढी मात्रामा शिक्षा र बौद्धिकताको प्रसार हुन्छ, राष्ट्र त्यही अनुपातमा उन्नत बन्छ । शिक्षा र बौद्धिकता थोरै मानिसका हातमा सीमित रहेका देशहरूको अवस्था नै सबैभन्दा दयनीय हुन्छ । व्यक्तित्व विकासका लागि शिक्षा प्रदान गर्नु नै तल्लो वर्गका जनताको सेवा गर्ने एक मान्न तरिका हो । संसारमा के भइरहेको छ भत्रे कुरा को जानकारी उनीहरूलाई दिने हो भने आफ्नो मुक्तिका लागि उनीहरू स्वयम् लाग्नेछन् । हरेक व्यक्ति र राष्ट्रले आफ्नो मुक्तिका लागि आफैँ लाग्नुपर्छ । उनीहरूलाई चाहिने सहयोग भनेको विचार हो । विचार पाएपछि त्यसले आफ्नो प्रभाव आफैँ देखाउन थाल्छ । मेरो विचार मा सीमित व्यक्तिहरूका हातमा रहेका किताबको ज्ञानलाई सर्वप्रथम जनसमक्ष ल्याउनुपर्छ ।
राष्ट्र झेपडीमा बसेको हुन्छ । गरिबी र झेपडीमा बस्ने मानिसहरूलाई के बताउनुपर्छ भने; ‘चुप लागेर बस्दा केही पाइँदैन ।’ उनीहरूको अवस्थामा सुधार ल्याउन शास्त्रमा भएका सत्यहरूलाई नरम र लोकप्रिय तरिकाले प्रस्तुत गर्नु पर्छ । उनीहरूलाई व्यापार, व्यवसाय र कृषिका बारेमा समेत सरल भाषामा बताउनुपर्छ ।
निमुखा र गरिबहरूको क्षमता विकास गर्ने पहिलो काम भनेको उपनि षद्को ‘म नै ब्रह्म हुँ, मलाई तरबारले काट्न सक्दैन, भालाले छेड्न सक्दैन, मलाई आगोले जलाउन सक्दैन, न त हावाले सुकाउन सक्छ, म सर्वशक्तिमान हुँ, म सर्वज्ञाता हुँ’ भत्रे सन्देशमार्फत उनीहरूमा विश्वास पैदा गराउनु पर्छ । कुनै पनि चेतनशील भयो भने मान्न कुनै विद्यार्थी असल बन्न सक्छ ।
गरिबी सबै समस्याको जड हो । तर पनि , यदि गरिबका छोराछोरी शिक्षा लिन स्कूल आउन सक्दैनन् भने शिक्षा दिन उनीहरू भएकै ठाउँमा जानुपर्छ । हराम्रो देशमा यस्ता थुप्रै त्यागी तथा तपस्वी व्यक्तिहरू छन् जो धर्म प्रचारका लागि गाउँ गाउँ जान्छन् । तीमध्ये केही व्यक्तिहरूलाई धर्मको साटो अन्य विषयहरू सिकाउन शिक्षकका रूपमा तयार गर्ने हो भने उनीहरू घरघरमा पुगेर शिक्षासमेत दिन सक्छन् । उनीहरूले क्यामरा,ग्लोब र नक्सा लिएर गाउँमागई ब्रह्माण्ड र भूगोलको बारेमा सिकाउन सक्छन् । विभिन्न देशहरूका बारेमा जानकारी दिएर गरिबहरूलाई सयौँ पुस्तकहरूबाट प्राप्त गर्न नसकिने ज्ञान दिन सकिन्छ । आधुनिक विज्ञानको सहायताले उनीहरूको ज्ञानलाई अझ् बढी प्रकाशमय बनाउन सकिन्छ ।
बाँच्नका लागि सङ्घर्षमा व्यस्त रहनु परेकाले धेरै मानिसहरूले ज्ञान प्राप्तिका लागि समय पाउँदैनन् । उनीहरू लामो समयसम्म यान्त्रिक औजार जस्तै घोटिइरहेका हुन्छन् भने केही चलाख शिक्षित व्यक्तिहरूले उनीहरूको मेहनतको फाइदा उठाइरहेका हुन्छन् । तर समय बदलिएको छ । तल्लो वर्गलाई क्रमशः यो कुरा थाहा भइरहेको छ र उनीहरू यस्तो शोषणका विरुद्ध सङ्गठित हुँदैछन् । माथिल्लो वर्गले अब उनीहरूलाई दमन गर्न जतिसुकै प्रयत्न गरे पनि सम्भव छैन । तल्लो वर्गका मानिसहरूलाई उनीहरूको अधिकार प्राप्तिका काममा सघाउनु नै माथिल्लो वर्गको पनि हितमा हुन्छ । तल्लो वर्गले सहानुभूति पायो भने उसको कामप्रतिको उत्साह सयौँगुणा बढेर जान्छ ।
बेकारमा समय खेर फाल्नुभन्दा गरिबी निवारणका लागि र व्यावहारिक समाधान पहिल्याउनका लागि समय खर्चिनु बेस हुन्छ । यतिले मान्न पुग्दैन । यो पहाड जत्तिकै ठूलो समस्यालाई परास्त गर्न त्यसो गर्ने चाहना चाहिन्छ । संसारका सबै शक्ति आइलागे पनि सही काम गर्न तयार हुनुपर्छ । यस सम्बन्धमा भतृहरिले भनेका छन्, ‘साधुहरूलेगालीगरून् वा प्रशंसा, लक्ष्मी आऊन् वा जाऊन्, मृत्यु सामुन्ने आओस् वा सयौँ वर्षपछाडि जाओस् तर सत्यको बाटोमा सधैँ दृढसङ्कल्प लिएर उभिनुपर्दछ ।’ यस्तो धैर्य आवश्यक छ । यी तीन कुरा हरू साथमा छन् भने असम्भव कुरा पनि सम्भव हुन्छ ।
‘सही मार्गमा डो¥याऊ, उज्यालो फैल्याऊ’ भन्ने प्रार्थना गरयो भने अन्धकारमा पनि प्रकाश फेला पर्नेछ । हामीलाई बाटो देखाउन हात अघि सर्नेछ । गरिबी, शोषण र निरङ्कुशताको अन्त्यका निम्ति लागिपरौँ । उनीहरूका घरघरमा पुगेर शिक्षा प्रदान गरौँ ।
महिला शिक्षा
भारतवर्षमा पुरुष र महिलाबीच यति धेरै असमान ता किन छ भत्रे कुरा बुझन ज्यादै कठिन छ । वेदान्तले सबै जीवहरूमा एउटै आत्मा रहेको हुन्छ भनेको छ । तर मनुस्मृति जस्ताग्रन्थ लेखेर र त्यसलाई पालना गराउने कडा नियम लागू गरे पछि पुरुषहरूले महिलालाई उत्पादनका साधन मान्न बनाए । पण्डितहरूले अरू जातका मानिसलाई वेद पढ्नका लागि अयोग्य घोषित गरे पछि महिलाहरूलाई पनि उनीहरूको अधिकारबाट वञ्चित गरे । वैदिक तथा उपनि षदकालमा मैत्रेय रगार्गी जस्ता विदुषीहरू नभएका होइनन् । हजारौँ वैदिक विद्वान्हरूको उपस्थितिमागार्गीले याज्ञवल्क्यलाई शास्त्रार्थमा चुनौती दिएकी थिइन् ।
महिलाहरूलाई आदर गर्ने सबै देश समृद्ध भएका छन् । जुन देशले महिलालाई सम्मान गर्दैन त्यो देश कहिल्यै पनि समृद्ध हुन सक्दैन । अमेरिकीहरू महिलाहरूलाई सम्मान गर्छन् । उनीहरूलाई रराम्रो व्यवहार गर्छन् । त्यसैले उनीहरू त्यति समृद्ध, त्यति शिक्षित, त्यति स्वतन्त्र र त्यति जाँ गरिला रहन सकेका हुन् । हामीहरू अधोगतितर्फ लाग्नुको मुख्य कारण के हो भने हामीले शक्तिस्वरूपा महिलालाई आदर–सम्मान गरे नौँ । मनुले के भनेका छन् भने जहाँ महिलाहरूको आदर हुन्छ त्यहाँ देवता पनि प्रशन्न हुन्छन्, जहाँ महिलालाई हेला गरिन्छ त्यहाँका सम्पूर्ण मानिसका सबै काम र प्रयास निरर्थक हुन्छन् । महिला दुः खी भएको देश र परिवारको उन्नति सम्भव छैन ।
महिलाहरू अनेकौँ कठिन समस्याद्वारा जेलिएका छन् । तर शिक्षाका माध्यमद्वारा ती समस्या हल गर्न नसकिने होइन । शिक्षाका बारेमा मनुले भनेका छन्, ‘छोरीलाई शिक्षा दिन छोरासरह माया र ध्यान दिनुपर्छ । जसरी छोराहरूले २५ वर्षसम्मको ब्रह्मचर्यपछि विवाह गर्नु पर्छ त्यसै गरी महिलाहरूले पनि त्यति बेलासम्म ब्रह्मचर्यको पालना गर्नु पर्दछ । उनीहरूलाई अभिभावकले शिक्षा दिनुपर्दछ ।’ तर अहिले उनीहरूलाई सधैँभरि असहाय र आश्रित बन्न सिकाइएको छ । फलस्वरूप उनीहरू सानातिना समस्या आइपर्दा समेत आँसु चुहाउने गर्द छन् । महिलाहरूलाई उनीहरूका समस्या आफैँ समाधान गर्न सक्षम बनाउनुपर्दछ ।
महिलाहरूले सीताको आदर्शलाई आत्मसात् गर्नु पर्दछ जो हजारौँ वर्ष देखि सबै पुरुष, महिला र बालबालिकाहरूका लागि पूजनीय बन्न सकेकी छन् । सीता धैर्य र दुः खकी प्रतिरूप हुन् । उनी पविन्नताभन्दा पनि पविन्न छिन् । उनले दुः खपूर्ण जीवनलाई गुनासो बेगर नै बिताइन् । उनी पविन्न महिला हुन् । त्यसैले उनी सबैको आदर्शका रूपमा रहेकी छन् । वर्तमान अवस्थामा यस्ता त्यागी व्यक्तिहरूको जरुरत छ जसले जीवनपर्यन्त ब्रह्मचर्यको पालना गरी ब्रह्मचारी र ब्रह्मचारिणीको रूपमा जीवन व्यतितगरून् । यीमध्ये एक जना महिला पनि ब्रह्माको उपासक बन्न सकिन् भने उनको व्यक्तित्वले गर्दा हजारौँ महिला सत्यप्रति जागरुक र प्रेरित बत्रेछन् जसले राष्ट्र र समाज को भलाइ गर्ने छ ।
पढाउने काम ब्रह्मचारिणीहरूले लिनुपर्दछ । उनीहरूले शहर तथा गाउँमा शैक्षिक केन्द्र खोली महिला शिक्षाको प्रचार–प्रसार गर्नु पर्दछ । त्यस्ता व्यक्तिहरूबाट देशमा साँचो अर्थमा महिला शिक्षाको विस्तार गर्न सकिन्छ । इतिहास, पुराण, घरव्यवहार र चिन्नकला, जिम्मेवारी र चरिन्न निर्माणका सिद्धान्तहरू पढाउनु पर्दछ । यसका साथै सिलाइ, खाना पकाउने, बालबालिकाहरूको स्याहरसुसार र घरायसी व्यवहारका नियमहरू पनि सामेल गरिनुपर्दछ । जप, तप र ध्यान शिक्षाको अभिन्न अङ्ग हुनुपर्दछ ।
यसका अतिरिक्त वीरता र पराक्रम जस्ता विषयहरू पनि सिक्नुपर्दछ । अहिले महिलाहरूले आत्मरक्षा सम्बन्धी सीपसमेत सिक्न जरुरी छ । शिक्षित र पराक्रमी आमा भएका घरमा मात्रै महान् सन्तानले जन्म लिन्छन् । महिलाको स्तर उक्सिएमा मात्रै उनीहरूका सन्ततिले उत्कृष्ट काम गरेर देशको नाम राख्न सक्छन् । तब मान्न देशमा ज्ञान, संस्कृति, शक्ति र लगनशीलताको उदय हुनेछ ।
टीएस अविनाशी लिङ्गम्द्वारा सङ्गृहीत/सम्पादित स्वामी विवेकानन्दका शिक्षासम्बन्धी भाषण र लेखहरूको सँगालोबाट ।
प्रस्तुतिः गुरु मैनाली Photo Source: Pinterest