Logo

महिलामन्त्री चन्दा चौधरीद्धारा पदभार ग्रहण, काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन



काठमाडौं, २३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले पदभार ग्रहण गरेकी छिन् । मन्त्री चौधरीले आज (आइतबार) सिंहदरबारस्थित् मन्त्रालय पुगेर पदभार ग्रहण गरेको उनको सचिवालयले जनाएको छ । पदभार ग्रहण गर्दै मन्त्री चौधरीले समाजमा रहेका विभिन्न कुरीति अन्त्यका लागि पन्च वर्षीय रणनीतिक कार्ययोजना मन्त्रीपरिषदमा पठाउने निर्णयको फाइल सदर गरी कार्य प्रारम्भ गरेकी छिन् ।

सो अवसरमा सन्चारकर्मीसँग कुराकानी गर्दै उनले समाजमा देखिएको कुरीति विरुद्धमा आफू लागिपर्ने बताईन् । उनले भनिन, म भर्खरै आएको छु, मन्त्रालयअन्तर्गत नीतिगत कार्ययोजना कार्यान्वयनका लागि प्राथमिकताका साथ के के गर्न सकिन्छ त्यसको बारेमा विस्तृत काम गर्ने योजनामा छु ।

संविधानमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको लागि उल्लेखित हक अधिकारको स्पष्ट व्यवस्था गरकोले सोही अनुसार कार्यान्वयन गर्नुमा जोड समेत दिईन् । उनले महिलाविरुद्धको सबै हिंसाको अन्त्यका लागि तीनै तहमा तदारुकताका साथ काम गर्नुपर्नेमा विशेष जोड दिईन् ।

साथै, मन्त्री चौधरीले मर्यादित महिनाबारी प्रर्वद्धन सम्बन्धी निर्देशिका २०७८ स्वीकृतीका लागि मन्त्री परिषदमा पेश गर्ने निर्णय गरिन् । सो अवसरमा मन्त्रालयद्धारा आयोजित निवर्तमान मन्त्रीको विदाई तथा नवनियुक्त मन्त्रीहरुको स्वागत कार्यक्रममा नव नियुक्त मन्त्री चौधरीले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदैं नियम र कानुन अनुसार हुने काममा ढिला सुस्ती नगर्न निर्देशनसमेत दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्