कञ्चनपुर, २३ जेठ । जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय युवक पक्राउ परेका छन् । सत्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका–३ शिवनगर टोल बस्ने २४ वर्षीय नबिन सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सुनारले ती किशोरीलाई शुक्रबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।