Logo

ओलीको एकता प्रस्तावपछि धारणा बनाउन माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सुरू



काठमाडौं, २४ जेठ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकताको लागि ६ बुँदे प्रस्ताव अघि सारेपछि एमालेभित्रको विवाद समाधान हुने अपेक्षा गरिएको छ । तर, वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरुले भने ओलीको एकता प्रस्ताव आफूहरुलाई अलमलाउन आएको भन्दै प्रस्तावको आलोचना गरेका छन् । ओलीको एकता प्रस्तावपछि आफ्नो धारणा बनाउन नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक बसेको छ ।

नेपाल पक्षधर नेताहरु विरोध खतिवडा र रामकुमारी झाँक्रीले हिजै ओलीको प्रस्तावमा सहमत हुन नसक्ने सन्देश प्रवाह गरेका छन् । आज विहान वेदुराम भुषालले पनि पत्रकार ऋषि धमलासँगको कुराकानीमा ओलीको एकता प्रयसालाई जालझेल र षड्यन्त्रको संज्ञा दिएका छन् । उनले ओलीको प्रस्तावले पार्टी एक भन्दापनि भाँड्ने काम गरेको टिप्पणी गरेका थिए ।

तर, नेपाल पक्षधर स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने ओलीको एकता प्रस्तावलाई स्वागत गरिसकेका छन् । कतिपयले योगेश ओलीले अब गर्ने मन्त्रिपरिषद विस्तारमा मन्त्री बन्न लागेकोले प्रस्तावको स्वागत गरेको पनि टिप्पणी गरेका छन् । पछिल्लो समय योगेश अध्यक्ष ओली क्याम्पमा गएको बुझिएको छ । माधव नेपालले पनि अब कोही ओलीकै पछि लागेपनि आफूहरुलाई केही फरक नपर्ने स्पष्ट पारिसकेका छन् । file photo

 



प्रतिक्रिया दिनुहोस्