Logo

मल्टिपर्पस फाइनान्सको साधारण सभा राजविराजमा हुने



काठमाडौं, २४ जेठ । मल्टिपर्पस फाइनान्सको असार ६ गते साधारण सभा हुने भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय राजविराजमा हुने भएको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा र नाफा नोक्सान र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डाको बिषयमा छलफल हुने जनाईएको छ ।

कम्पनीको लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरु पनि सभामा राखिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्