Logo

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिए



काठमाडौं, २५ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले विश्वासको मत लिएका छन् । उनले नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल खेमाका सांसदहरुको मत पाएका थिए ।

विश्वासको मतको पक्षमा ३०, विपक्षमा ९ र तटस्थ १२ जना भए । विश्वासको मतको पक्षमा माओवादी केन्द्रका १३ र नेकपा एमालेको नेपाल खेमाका १७ मत परेको थियो ।
विपक्षमा ९ र तटस्थ १२ जना भए । नेपाली काँग्रेस तटस्थ रह्यो । एमालेको ओली खेमाका ७ र जसपाको २ मत विपक्षमा परेको थियो ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा भट्टले विश्वासको मत लिएपछि उनको सरकार जोगिएको छ ।



प्रतिक्रिया दिनुहोस्