काठमाडौं, २६ जेठ । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अन्तरिम आदेशमार्फत् प्रधानमन्त्रीको सपथ गराउनुपर्ने जिकिर गरेका छन् । १४६ सांसदहरुको रिटमाथि आज संवैधानिक इजलासमा बहसका क्रममा थापाले देउवालाई तत्काल सपथको बाटो खोल्नुपर्ने जिकिर गरेका हुन् ।
उनले केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भइसकेको तर्क गरे । उनले भने,‘ओलीजीले विश्वासको मत नपाएकोले पदमुक्त अवस्थामा हो ।’ संविधानको धारा कार्यान्वयन नहुँदा संविधान नै असफल हुनसक्ने तर्क गर्दै देउवालाई संविधान अनुसार प्रधानमन्त्री बनाउनुपर्ने जिकिर गरे ।
अल्पमतको प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा ओलीले नलिएको भन्दै पदमुक्त भएको जिकिर गरे ।