काठमाडौं, २६ जेठ । आज २२१ कम्पनीको १ लाख ५५ हजार २३९ पटक कारोबार भएर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ बराबरको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर खरिद बिक्रि भएको छ ।
नेप्सेको अनुसार आज लगभग १७ अर्बको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो पावर कम्पनीको ४ सय ७९ प्रतिशेयरमुल्य कायम भई ८७ करोड ९४ लाख बढीको शेयर करोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १९ सय २० रुपैयाँ प्रतिकित्ता शेयरमुल्य कायम भई ६१ करोड ८० लाख बढीको कारोबार भएको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको १ हजार ६ रुपैयाँ प्रतिकित्ता प्रतिशेयर मुल्य कायम भई ५१ करोड ६ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । यसैगरी, लुम्बिनी विकास बैंकको ४८ करोड, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४७ करोड बढीको शेयर कारोबार भएको छ ।