Logo

ओलीसँग राजकिशोर यादवको दुई घण्टा गोप्य भेटवार्ता, आजै उद्योगमन्त्री बन्दै



काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता राजकिशोर यादवले भेटवार्ता गरेका छन् । मन्त्रिपरिषद विस्तार गर्ने पूर्व सन्ध्यामा यादवले प्रधानमन्त्री ओलीसँग गरेको भेटवार्तालाई सरकारमा सहभागी हुन लागेको भनेर बुझिएको छ । यसअघि जसपा सरकारमा सहभागी हुँदा यादवको नाम पनि चर्चामा थियो ।

तर, त्यतिवेला उनी सरकारमा सहभागी भएनन् । सरकारमा सहभागी नभएपछि यादव अध्यक्ष महन्थ ठाकुरसँग असन्तुष्ट बनेका थिए । यादवले ठाकुरको साथ छोडेर अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा गएको पनि खबर आएको थियो । तर, यादवले भने आफू मन्त्री हुन नपाएकोले असन्तुष्ट भएको भन्ने खबरमा कुनै सत्यता नभएको स्पष्ट पारेका थिए ।

हिजो राति यादवले प्रधानमन्त्री ओलीसँग दुई घण्टा भेटवार्ता गरेको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । स्रोतकाअनुसार आज हुने मन्त्रिपरिषद विस्तारमा यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने पक्का भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्