काठमाडौं, जेठ २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरणमा राखेको छ। मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला गोष्ठीले पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोगलाई प्राथमिकीकरणमा राख्ने निर्णय गरेको हो। पशुपन्छीबाट मानिसमा सार्ने रोगलाई जुनोटिक रोग भनिन्छ।
महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलले पशुपन्छीबाट मानिसमा सर्ने रोगको सूचीकृत गर्दा उपचार र नियन्त्रण गर्न सजिलो हुने बताए। उनका अनुसार इन्फ्लुएन्जा ९जुनोटिक इन्फ्लुएन्जा, सिजनल इन्फ्लुएन्जा०, रेबिज, कोरोना भाइरस, लेप्टोस्पाइरोसिस, ब्रुसेलोसिस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षयरोग, सिस्टिमर्कोसिसरहाईडाट्रिडोसि र टोक्जोप्लास्मोसिस रहेका छन्। रासस