Logo

सांसद नरोत्तम बैद्यले भने-‘मेरो अभिव्यक्ति गलत रहेको स्वीकार गर्छु, माफी माग्छु’



काठमाडौं, २९ जेठ । बागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको भनेर दिएको अभिव्यक्तिलाई लिएर माफी मागेका छन् ।

उनले आज (शनिबार) बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै आफूले बोलेका अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै माफी मागेका हुन् । उनले आजको बैठक सुरु हुनासाथ रोष्टममा उभिएर पार्टीको निर्देशनअनुसार माफी मागेको जनाएका हुन् । हिजो मात्रै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत माफी माग्न आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्