Logo

एभरेष्ट बैंकद्वारा ५ लाख सहयोग



काठमाडौं, ३० जेठ । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरस्थित नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले शुक्रबार कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको सेन्टरलाई पाँच लाख रुपैयाँ उपलब्ध गराएको हो ।

नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजू मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्