काठमाडौं, ३१ जेठ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गरेको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गर्दै अदालतले थापालाई पदमुक्त गरिदिएको हो ।
सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई सांसदबाट पदमुक्त गरिदिएको हो ।