Logo

माधव नेपाल भेट्न देउवा कोटेश्वरमा



काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता जारी छ । नेता नेपालालई भेट्नको लागि देउवा कोटेश्वर पुगेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनमा एकै ठाउँमा रहेका नेताहरु देउवा र नेपालबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रदेश सरकारमा एमाले एक ढिक्का भएका र सरकारका नीति तथा कार्यक्रमपनि पारित भएको अवस्थामा देउवा नेता नेपाललाई भेट्न उनको निवास पुगेका हुन् ।

देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनाउनको लागि गरिएको दाबीमा नेपाल पक्षधर २३ जना सांसदले हस्ताक्षर गरेका छन् । उनीहरु अदालतसमेत गएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्