काठमाडौं, २ असार । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । बैंकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक थान भेन्टिलेटर, २० थान अक्सिजन कन्सन्ट्रेटर, १० हजार थान एन ९५ सर्जिकल मास्क र २ हजार थान पञ्जा हस्तान्तरण गरेको जनाएको छ ।
बैंकले कोरोना महामारीविरुद्धको लडाइँमा सरकारको राहत वितरणमा सघाउन पु¥याउन यो सहयोग गरेको हो । मेडिकल र स्वास्थ्य उपकरण बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले मन्त्रालयका मुख्य विशेषज्ञ डा.रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् । बैंकले यसअघि कोरोना संक्रमणको पहिलो लहरका बेला राहतस्वरूप विविध परियोजनालाई ५ करोड ७५ लाख रुपैयाँ योगदान दिएको जनाएको छ ।