Logo

उपप्रधानमन्त्री महासेठले भने : बाढी/पहिरोबाट प्रभावित स्थानमा सरकारले आजै उद्दार र राहत पुर्याउनेछ



काठमाडौं, २ असार । उपप्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठलेले बाढी र पहिरोबाट प्रभावित स्थानमा सरकारले आजै उद्दार र राहत पुर्याउने विश्वास दिलाएका छन् । ट्विटर ह्याण्डलमार्फत उपप्रधानमन्त्री महासेठले यस्तो जानकारी गराएका हुन् ।

उनले लेखेका छन्–‘ केही दिन यता अविरल वर्षाका कारण देशको विभिन्न जिल्लाहरूमा भीषण वर्षा तथा त्यसका कारण आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको छ।’ महासेठले बाढी/पहिरोबाट प्रभावित स्थानहरूमा आजै सरकारले उद्दार र राहात पुयाउने जनाउँदै लेखेका छन् बाढी/पहिरोको जोखिमवाट सुरक्षित रहन पुर्व सतर्कता अपनाउन सवैमा अनुरोध समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्