Logo

यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं, असार ७ । हाल मनसुनी न्युन चापिय रेखा देशको दक्षिणी भू–भाग नजिक रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य देखि पूर्णतया बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र लुम्बिनि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा साथै प्रदेश १ का एकरदुइ स्थानमा धेरै भारी वर्षा को सम्भावना छ ।

त्यस्तै, रातीसम्म देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्