काठमाडौं, ७ असार । नागरिक लगानीकोषले साधारण सभा प्रयोजनार्थ भोली (असार ८) एकदिन बुक क्लोज गर्ने भएको छ । कोषले प्रस्ताव गरेको १७.८९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आर्थिक वर्ष ०७६/७७ को लागि प्रस्ताव गरेको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ८.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल ३ अर्ब चुक्तापुँजी रहेको कम्पनीले असार १८ र २६ गते साधारण सभा बोलाएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रहेको छ ।