Logo

मेलम्चीमा भत्किएका संरचना पुनःनिर्माण गर्न करिश्माको एक लाख सहयोग



काठमाडौं, ७ असार । सिन्धुपाल्चोकको इन्द्रावती नदीले भत्काएको संरचना पुननिर्माणको लागि नायिका करिश्मा मानन्धरले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् । सरकारले अभिनेता कृष्ण मल्लको संयोजनमा सहयोग जुटाउन समिति गठन गरेपछि मानन्धरले पीडितलाई वर्षाको मौसममा ओत लाग्ने छानाको व्यवस्था हुन सकोस् भन्दै उक्त रकम सहयोग गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन् ।

असार १० गते सिन्धुपाल्चोकका कलाकारहरु, स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ, जिल्ला विकास समितीका सभापति श्री कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर श्री डम्वर बहादुर अर्याल तथा हेलम्वु गाविसका प्रतिनिधि लगायतको सिन्धुपाल्चोकको बाढी पीडित संरचनाको निम्ती सहायता आह्वान गर्ने बैठक बसेको थियो । कार्यक्रममा चेतन सापकोटा, श्री जितु नेपाल, श्री कृष्ण ढुंगाना, श्री श्वेता खड्काको उपस्थिति थियो ।

अब कलाकारहरुले पुनःनिर्माणको लागि गैरआवासीय नेपाली र आफ्ना दर्शकहरुलाई सहयोग गर्न अपिल गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्