काठमाडौं, ८ असार । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवको म्याद थप गरेको छ । गत जेठ ३० गते बसेको कम्पनीको संचालक समितिको बैठकले सचिवको म्याद थप गरेको हो ।
कम्पनी सचिव दिपक पराजुलीको म्याद असार १ गते सकिएपछि १२ महिना म्याद थपेको कम्पनीले जनाएको छ ।