Logo

‘बा भन्नेहरुलाई’ ओलीले मन्त्री नबनाउनुको यस्तो रहेछ कारण



काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन नेतालाई आफ्नै छोरा जस्तो व्यवहार गर्छन् । महेश बस्नेत, गोकुल बाँस्कोटा, कर्ण थापा र निरु पाल ओलीलाई बा नै भनेर सम्बोधन गर्छन् ।

ओलीले बस्नेत, बाँस्कोटा, थापा र पालमध्येबाट कम्तिमा दुईजनालाई पछिल्लो लटमा मन्त्री बनाउने चर्चा थियो । बस्नेतले गृहमन्त्री बन्ने चाहना पनि देखाएका थिए । तर, उनी अन्तिम समयमा रोकिए ।

सांसद नभएपनि थापा पनि चुनावी सरकारमा मन्त्री बन्ने दौडमा थिए । बाँस्कोटा फेरि मन्त्री बन्ने चर्चा थियो । पाल त मन्त्री बन्ने निश्चित नै भइसकेको थियो । तर, चारैजनालाई ओलीले नै रोके ।

महेश बस्नेतले बालुवाटारका सल्लाहकारहरुसँग आक्रोश पोखे । आफूलाई रोक्नेहरुलाई नछाड्ने चेतावनी पनि दिए । तर, वास्तविकता फरक रहेको खुलेको छ ।

ओलीले आफ्ना सबैभन्दा विश्वासपात्रहरुलाई रोक्नुमा उनले मन्त्रिमण्डल विस्तारविरुद्ध अदालतको आदेश आउने जानकारी पाएर पनि हुनसक्ने देखिएको छ । त्यसैले उनले विश्वासपात्रहरुलाई मन्त्री बन्नबाट रोकेका थिए ।



प्रतिक्रिया दिनुहोस्