काठमाडौं, ९ असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाई जारी छ । आजदेखि सुरु भएको नियमित सुनुवाईमा सुरुमा अधिवक्ता खम्बहादुर खाँतीले बहस गरेका थिए । उनले राष्ट्रपति सेरेमोनियल किङ जस्तै भएकोले कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत लगेपछि सपथ गराउनुपर्थ्यो भनी तर्क पेस गरेका थिए । खातीले वैकल्पिक सरकार बन्ने निश्चित भएपछि दुराशयपूर्ण ढंगले संसद समेत विघटन गरिनु गलत भएको बताएका थिए ।
त्यसपछि अधिवक्ता गोविन्द बन्दीले बहस गरेका थिए । बन्दीपछि वरिष्ठ अधिवक्ता महादेव यादवले बहस गरेका थिए । बरिष्ठ अधिवक्ता यादवले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्री बन्नका लागि दलको समर्थन नचाहिने जिकिर गरेका छन् ।
उनले भने,‘धारा ७६ को उपधारा ३ सम्म दलको समर्थनको कुरा आउँछ । तर, उपधारा ५ मा दलको समर्थन चाहिँदैन । संविधानको धारा ७६९२० बमोजिमको कुनै सदस्य भनेको हुनाले त्यहाँ दलको समर्थन संविधानले खोजेको छैन। ७६ को उपधारा ५ अनुसार सरकार गठन हुन दलको ह्विप लाग्दैन ।’ file photo