काठमाडौं, ११ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र ? भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत मुख्यमन्त्री पोखरेलले राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्व राजालाई गुहार्न बाँकी थियो र हिजोबाट त्यो पनि पूरा भएको उल्लेख गरेका छन् ।
हिजो विपक्षी गठबन्धनले सम्पादकहरुसँग गरेको अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिभन्दा राजाको नै शान थियो भन्ने अभिव्यक्ति दिएका थिए । दाहालको भनाईलाई लक्षित गरेर उनले यस्तो लेखेको बुझ्न सकिन्छ ।
पोखरेलले लेखेका छन्–’राजनीतिक प्रतिस्पर्धामा आफुलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ?’ file photo