Logo

केपी ओली ७६ (४) को प्रक्रियामा जानुभएको छैन : डा. आचार्य



काठमाडौं, १३ असार । संविधानविद् डा. भीमार्जुन आचार्यले बहालवाला प्रधानमन्त्री पदमुक्त नभई अर्को सरकार बन्न नसक्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गर्दै डा.आचार्यले यस्तो बताएका हुन् । उनले भनेका छन्‘बहालवाला प्रधानमन्त्री पद मुक्त नभई अर्को प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरु हुँदैन । ७६(३) को प्रधानमन्त्री केपी ओली ७६(४) को प्रक्रियामा जानुभएको छैन् । ‘७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) को प्रक्रिया नै शुरु हुन सक्दैन ।’

त्यस्तै, उनले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीलाई समर्थन गर्दा सांसदहरुलाई कारबाही नहुने पनि स्पष्ट पारे । आचार्यले भनेका छन्–‘धारा ७६ (५) को प्रधानमन्त्रीलाई समर्थन गर्दा राजनीतिक दलसम्बन्धी ऐन आकर्षित हुँदैन् । दल त्याग हुन राजीनामा दिएमा, अर्को पार्टी प्रवेश गरेमा, अर्को पार्टी गठन गरेमा हुन्छ, संसदीय दलको ह्वीप उल्लंघन गरेमा दल त्यागको एन आकर्षित हुन्छ । अन्यथा दल त्याग गरेको मानिंदैन ।’ file photo

 



प्रतिक्रिया दिनुहोस्