काठमाडौं, असार १५ । सामाजिक सुरक्षा कोषले सञ्चालनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत भएका छन् ।
सामाजिक सुरक्षा कोषद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा हालसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म उक्त संख्याका योगदानकर्ता सूचीकृत भएको जानकारी दिइएको हो ।
यसैगरी कोषमा १४ हजार ५८० रोजगारदाता सूचीकृत भएका छन् भने ६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ योगदान रकम संकलन भएको छ ।
सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले कोषले सञ्चालन गर्ने औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार र आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार रुपैयाँ रकम कोषबाट दाबी भुक्तानी भएको बताए ।
उनले वृद्धावस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ गरी जम्मा ११ करोड ६२ लाख रुपैयाँ कोषबाट दाबी भुक्तानी भएको उनले बताए ।
कोषले २०७७ माघ २९ गते सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको दोस्रो संशोधन भएपछि मात्रै कोषमा १ हजार ३२८ रोजगारदाता, ६४ हजार ९५६ योगदानकर्ता र २ अर्ब २१ करोड १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको पनि बताएको छ ।
प्रवक्ता पन्तले आव २०७६र ७७ भित्र सूचीकृत योगदानकर्ता कोषको आव २०७६र ७७ को वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको संकलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य रकमलाई कोषमा सम्वन्धित योगदानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय भएको बताए । आर्थिक अभियान दैनिकबाट