काठमाडौं, १७ असार । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले वितरण गर्ने १६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले असार ३१ गते साधारण सभा बोलाएको छ ।
सभा प्रयोजनार्थ असार १८ गतेदेखि कम्पनीले बुक क्लोज गर्ने भएकोले आज (बिहीबार) सम्म कायम भएका शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले गत वर्ष २०७६/७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस शेयर र ०.८३ प्रतिशत कर प्रयोजनको गरी कुल १६.३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।